नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेका छन्।
राष्ट्रिय सभा बैठकमा अधिकारीले डेंगीका कारण जनतामा भयको वातावरण बनेको र चार जनाको ज्यान गएको अवस्थामा समेत सरकारको उपस्थिति नदेखिएको बताए। 'डेंगीको महामारी रोक्न सरकारले के गर्दैछ,जनताले जान्न चाहेको छन्', अधिकारीले भने।
उनले 'सेना र प्रहरीलाई डेंगी नियन्त्रणमा कस्तो जिम्मेवारी दिन लागेको हो' खुलाउन सरकारसँग माग गरे। चितवनमा डेंगी परिक्षण गर्न लाग्ने २६ सय शुल्कबाट १ हजारमा झारिएको उल्लेख गर्दै वास्तविक मुल्य भन्दा सरकारले बढी शुल्क तोकेको बताए। 'किटको मुल्य ३५० पर्ने रहेछ', अधिकारीले भने, 'सरकारले डेंगी परिक्षणको खर्च कति लाग्ने हो सरकारले भन्नुपर्छ।’
उनले डेंगीले मन्त्री देखि चिकित्सक अनि धनिमानीसमेत लपेटामा परेको उल्लेख गरे। उनले ५६ छिल्लामा फैलिएको डेंगीलाई राष्ट्रिय विपतका रुपमा लिनुपर्ने बताए। 'राष्ट्रिय संकटकाल हो कि हैन', अधिकारीले सोधे, 'कति मान्छे मरेपछि सरकारले महामारी मान्ने हो?'
हेर्नुहोस् भिडिओ -