नेपालको झण्डा विश्वका अन्य मुलुकहरु भन्दा भिन्न छ। कारण यसको त्रिकोणात्मक आकार। नेपालको विशिष्ट शैलीको झण्डाका लागि सरकारले कुनै विशेष दिन तोकेको छैन। तर स्वत: स्फूर्त ढंगबाट भने झण्डा दिवस मनाउने क्रम सुरु भएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले गत वर्षबाट झण्डा दिवस मनाउँदै आएका छन्। पुस १ गते उनीहरुले राजधानीको माईतीघर मण्डलामा झण्डा बोकेर प्रदर्शन गरे। हेर्नुहोस् भिडिओ -