नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ।
सेना दिवसको अवसरमा शनिबार टुँडिखेलमा विभिन्न कला प्रदर्शनी गरिएको छ।
सेनाले ठूला भवनमा आगलागीबाट फसेका मान्छेका उद्दार कसरी गर्ने भन्ने हेलिकप्टरबाट हवाई अभ्यास प्रदर्शन गरेको हो। अभ्यासको लागि टुँडिखेलमा अस्थायी भवन बनाइएको थियो।
खराब मौसमका कारण प्याराजम्प र हवाई प्रदर्शन भने स्थगित भयो। अन्य साँस्कृतिक तथा हतियार प्रदर्शनी भने गरिएको थियो।
सेना दिवस समारोह हेर्न पहिलोपटक सर्वसाधारणलाई प्रवेश गर्न दिइएको थियो। सर्वसाधारणले टुँडिखेलभित्रै बसेर समारोह हेरेका थिए।
.jpg)
.jpg)