ललितपुरको झम्सिखेल चोकमा बिहानैदेखि राहत लिनेको ठूलो लाम लगेको छ। झम्सिखेल चोकदेखि भनिमण्डलसम्म ५ सय बढी मानिस राहतको लागि लाम लागेका हुन्।
मध्यान्हसम्म पनि राहत वितरण गर्ने काम सकिएको छैन।
यसअघि सरकारले लक डाउनका कारण मारमा परेका दैनिक ज्यालादारी मजदूर र डेरामा बस्नेलाई राहत उपलब्ध गराउने भनेको थियो। त्यसै अन्तर्गत शुक्रबार ललितपुर महानगरपालिका वडा नम्बर-३ ले राहत वितरण गरेको हो।
परिवारको संख्या हेरी राहत वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
वडा सदस्य रुपेश श्रेष्ठका अनुसार आज ५ सय व्यक्तिलाई राहत वितरण गर्ने महानगरको तयारी छ।
उनले यस अगाडि नै महानगरले दैनिक ज्यालादारी मजदूरको तथ्यांक लिएको र सोही अनुसार राहत वितरण गरिने बताए।
राहत लिन आएकाहरूलाई व्यवस्थित तरिकाले एक-एक मिटरको दूरीको लाइन बसाइएको छ।
यस्तै, राहत वितरण गरिएको स्थलमा प्रवेश गर्नुअघि सबै व्यक्तिको थर्मल-गनबाट ज्वरो नाप्ने गरिएको छ।
हेर्नुस्, राहत लिन आएकासँग सेतोपाटीले कुराकानी गरेको यो भिडिओः
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)