मलको हाहाकार भएपछि चितवनका किसानहरु कोरोनाको समेत परवाह नगरि लाइन बसेका छन्। मल पाउने आशामा उनीहरु सामाजिक दुरीको समेत परवाह नगरि लाइनमा बसेका हुन्। जिल्ला आइपुगेको करिब २ सय टन अनुदानको मल कृषि ज्ञान केन्द्रको सिफारिसमा एक सय वटा सहकारी संस्थालाई वितरण गरिएको थियो।
बुधबार सहकारी संस्थाले वितरण गर्ने जानकारी पाएर सबेरै लाइनमा बसेका सयौं किसान आफ्नो भागमा मल नपरेपछि निरास भएर फर्किए।
चितवनको भरतपुर महानगरपालिका-६ गीतानगरस्थित सर्वोदय सहकारी संस्थाका सचिव होमनाथ अधिकारीले १ सय २० बोरा मल किसानलाई १० किलोका दरले वितरण गरिएको बताए।
सहकारीमा विभिन्न वडाका गरी ५ हजार बढी किसानहरु आवद्ध रहेको उनले बताए।
मल लिन सहकारी संस्था अगाडिको सडकमा करिब २ हजार किसान लाइन लागेका थिए। मल नपाउने किसानलाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको थियो। भिडिओ-