सरकारले भारतबाट अनुदानमा पाएको कोरोनाविरुद्धको दश लाख डोज खोप बुधबारबाट लगाउन सुरु गर्ने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले आइतबार मुख्यमन्त्रीहरूसँगको छलफलमा बुधबारबाट खोप अभियान सुरु गरिने जनाएका हुन्।
भारतले गत बिहीबार नेपाललाई अनुदानस्वरुप १० लाख डोज खोप दिएको हो। अक्सफोर्ड विश्वविद्यालय र एक्ट्रेजेन्काले विकास गरेको उक्त खोप भारतको सेरम इस्टिच्युटले उत्पादन गरिरहेको छ। जसलाई कम्पनीले कोभिसिल्ड नाम दिएको छ।
दुई डोज लगाउनुपर्ने उक्त खोप सुरुमा स्वास्थ्यकर्मीलाई लगाउने सरकारको तयारी छ। जसअनुसार आइतबारदेखि सातै प्रदेशमा खोप पठाउन थालिएको छ।
तर खोपलाई लिएर स्वास्थ्यकर्मी र धेरै सर्वसाधरण यसबारे अन्यौलमा छन्। भारतले दिएको खोपको प्रभावकारीता के हो भन्ने जिज्ञाशा भएकाले खोप लगाउने/नलगाउने भन्ने दुविधा धेरैमा छ।
हामीले भारतले दिएको खोपबारे जान्नैपर्ने कुराहरू के हुन् भनेर संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग कुराकानी गरेर यो भिडिओ तयार पारेका छौं -
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७, ०७:३५:००