येँया अर्थात् इन्द्रजात्रामा महिलाहरूले पूर्णिमाको भोलिपल्ट श्वेत भैरवको मुखबाट प्रसाद ग्रहण गर्छन्।
हनुमानढोका दरबार अगाडि यः सिं ठड्याएको दिनबाट येँया सुरू भएसँगै जात्रा नसकिँदासम्म श्वेत भैरवको प्रसादस्वरूप जाँड-रक्सी खुवाइन्छ।
‘हाथ्वं हायेकेगु’ भनिने यो परम्परामा भैरवको मुखबाट जाँड-रक्सी खानेमा पहिले पुरूषमात्र हुन्थे। अचेल एकदिन महिलाका लागि पनि छुट्याइएको छ। काठमाडौंको माथिल्लो टोल (थ:ने) मा रथ तानेको भोलिपल्ट महिलाले जाँड खान्छन्।
महिलालाई जाँड खुवाउन थालिएको करिब १० वर्ष भयो। भैरवको मुखबाट आएको जाँड खान सक्ने मान्छे स्वस्थ हुने, बिरामी नहुने, शक्तिशाली र हृष्टपुष्ट हुने मान्यता छ। बालबच्चा नभएका महिलाको बच्चा हुन्छ भन्ने विश्वास पनि गरिन्छ।
पुरूषको एकाधिकार रहेको 'हाथ्वँ हायेकेगु' मा महिलालाई पनि समाहित गर्नु सहज थिएन। एक त घर-परिवारको डर, अर्को समाजको। महिला र पुरूषलाई समावेशी ढंगले लग्न सुरू गरिएको यो परम्परा एक हिसाबले भन्दा सांस्कृतिक क्रान्ति नै हो।
हेर्नुस् भिडिओः