बद्री पंगेनी र रचना रिमाल फरक पुस्ताका गायक हुन्। सांगीतिक क्षेत्रमा उनीहरूको विधा पनि फरक छ।
दुई दशक लामो समयदेखि गायनमा सक्रिय बद्रीले लोकदोहोरीमा आफ्नो अलग्गै पहिचान बनाएका छन् भने नेपाल आइडलबाट उदाएकी रचनाले छोटो समयमै आफूलाई स्थापित गराइसकेकी छन्। उनी विशेष गरी आधुनिक गायनमा सक्रिय छिन्।
अघिल्लो पुस्ताका बद्री र नयाँ पुस्ताकी रचनाले केही गीतमा सँगै स्वर पनि दिएका छन्। तीमध्ये केही दिनअघि सार्वजनिक तीज गीत 'बिलौना' को भिडिओमा यी दुईले अभिनयसमेत गरेका छन्।
'हक्की तर मिलनसार' स्वभावको भनिने बद्री र 'इनोसेन्ट र सरल' स्वभावको भनिने रचनाबीच संगीतबाहेक अर्को कुरा पनि समान छ – दुवै खेलकुदप्रेमी हुन्।
सेतोपाटीको 'द कन्भरसेसन' शृंखलामा उनीहरूले संगीतदेखि खेलकुदसम्मका कुराकानी गरेका छन्। आफ्नो विगतको संघर्षका अनुभव साटेका छन्।
यो कुराकानी क्रममा बद्रीले रचनालाई एउटा सुझाव पनि दिए, 'भरसक पार्टीको गीत नगाऊ!'
हेर्नुहोस् उनीहरूको 'द कन्भरसेसन' भिडिओ —