द कन्भरसेसन- ११
युवराज खतिवडा र रामेश्वर खनाल दुई यस्ता व्यक्ति हुन्, जसले चार दशकभन्दा बढी समयदेखि नेपालको आर्थिक क्षेत्रमा काम गरेका छन् र अर्थतन्त्रलाई नजिकबाट हेरेका छन्।
खतिवडाले अर्थतन्त्रसँग जोडिएका तीन प्रमुख सरकारी संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। उनी राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अर्थमन्त्रीसमेत भएका थिए। देशको अर्थतन्त्रलाई सही बाटोमा राख्ने जिम्मेवारी बोकेका यी तीनैवटा संस्थामा नेतृत्व गर्ने उनी एक्ला व्यक्ति हुन्।
त्यस्तै, महालेखा नियन्त्रक कार्यालयमा लामो समय रहेका खनाल पूर्वअर्थसचिव हुन्। आर्थिक आँकडादेखि देशको सामाजिक-आर्थिक अवस्थालाई उनले पर्गेलेका छन् र सार्वजनिक रूपमा त्यसबारे बोल्ने र लेख्ने गर्छन्।
खतिवडा र खनाल दुवै जना बजार अर्थतन्त्र, राज्यको भूमिका र सामाजिक न्यायमा विश्वास गर्छन्। सत्तामा रहँदा होस् वा बाहिर हुँदा, अर्थतन्त्रबारे यी दुई जनाको विचार महत्त्वका साथ सुनिन्छ। राज्यका महत्त्वपूर्ण भूमिकामा रहेका व्यक्तिहरूले खतिवडा र खनालसँग कुरा गर्ने, सल्लाह लिने र मनन गर्ने गर्छन्।
सेतोपाटीको 'द कन्भरसेसन' शृंखलामा यसपालि यिनै दुई जनाले अर्थतन्त्रमा देखिएका चुनौतीका आयाम र भोलिका दिनमा गर्नुपर्ने कामबारे कुराकानी गरेका छन्।
हेर्नुहोस् युवराज खतिवडा र रामेश्वर खनालको संवाद 'द कन्भरसेसन' भिडिओमा: