द कन्भरसेसनः १३
सुरेश ढकाल र जनक राई मानवशास्त्री हुन्।
दुवै जना त्रिभुवन विश्वविद्यालय केन्द्रीय मानवशास्त्र विभागमा सहप्राध्यापक छन्।
राईले धिमाल समुदायमाथि गहिरो अध्ययन गरेका छन्। त्यससँगै अन्य आदिवासी समुदाय, अन्तरजातीय सम्बन्ध, मलेरियाको सामाजिक इतिहास, प्रारम्भिक २० औं शताब्दीको नेपाल लगायत विषयमा उनले अध्ययन गरेका छन्।
त्यस्तै ढकालले राजनीतिक मानवशास्त्रमा विद्यावारिधि गरेका छन्। उनी सीमान्तकृत नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अभियानमा पनि संलग्न छन्। हालै उनको किताब 'इतिहासअघिको इतिहासः सांस्कृतिक उदविकासको मानवशास्त्रीय वृत्तान्त' सार्वजनिक भएको छ।
यी दुई मानवशास्त्रीले सेतोपाटीको ‘द कन्भरसेसन’ मा यही किताबमा केन्द्रित भएर मानव जाति, सभ्यता र समाजको विकासबारे रोचक कुराकानी गरेका छन्। उनीहरूले विगत अनि वर्तमानमा भएको अनुसन्धात्मक उपलब्धिसँगै भविष्यका सम्भावना पर्गेल्ने प्रयास गरेका छन्।
हेर्नुहोस् मानवशास्त्रीद्वय जनक राई र सुरेश ढकालको कुराकानी भिडिओमाः