द कन्भरसेसन- १४
भोगिराज चाम्लिङ र यादव देवकोटा इतिहास अध्येता हुन्।
चाम्लिङको अध्ययन किरातहरूको मुन्दुममाथि छ। मानवशास्त्रमा विद्यावारिधि गरिरहेका उनी किरातहरूको इतिहास र काठमाडौंसँग किरातहरूको सम्बन्धमा गहिरो रूचि राख्छन्।
देवकोटा पनि इतिहासका अध्येता हुन् र मानवशास्त्रमा गहिरो रूचि छ। उनले लामो समयदेखि यी विषयमा कलम चलाउँदै आएका छन्।
यी दुई अध्येताले सेतोपाटीको 'द कन्भरसेसन' मा मानव सभ्यता, किरातहरूको उत्पत्ति, इतिहास, मुन्दुम, नाग समुदाय, आनुवांशिकी (जेनेटिक्स) लगायत विविध विषयमा चर्चा गरेका छन्।
आज काठमाडौंको जुन सभ्यता छ, यसको जग किरातहरूले बसाएको भन्नेमा लगभग सबै इतिहासविद र अध्येताहरूको सहमति छ।
देवकोटा आफू पनि यसमा सहमत भएको बताउँछन्। र, जिज्ञासा राख्छन्, 'काठमाडौं आएर सभ्यता बसाएका ती किरातहरू एकाएक कसरी हराए? लिखित इतिहासमा पनि अस्तित्व नरहने गरी त्यत्रो समुदाय काठमाडौंबाट कसरी विस्थापित भयो?'
के आज पूर्वी नेपालमा बसेका किरातहरू काठमाडौंबाटै गएका हुन्? मुन्दुमले यसबारे के भन्छ?
यी प्रश्नहरूको उत्तर खोज्न मुन्दुमले सहयोग गर्ने अध्येता चाम्लिङ बताउँछन्।
पहिलो, नेपालको पूर्वी भेगका किरातहरूको सांस्कृतिक अभ्यास र काठमाडौंका नेवारले अभ्यास गर्ने पुरानो परम्परा।
'दोस्रो, त्यो बेला किरात समुदायका केही मान्छे काठमाडौं बाहिर गए। केही भने यहीँ बसे भन्छ मुन्दुम,' चाम्लिङले भने।
त्यसो भए त्यो बेला काठमाडौं उपत्यका बाहिर नगएर यहीँ बसेका किरातहरू को हुन्? उनीहरू आज कहाँ बसोबास गर्छन्? के आजको नेवार समुदायभित्रै किरातहरू पनि छन्?
चाम्लिङका अनुसार ज्यापू समुदायका कतिपय जातजाति तथा पाटनका व्यञ्जनकारहरू किरातका पुस्ता हुन्।
हेर्नुहोस् यिनै विषयमा अध्येताद्वय भोगिराज चाम्लिङ र यादव देवकोटाले गरेको कुराकानीः