सूचनामूलक भिडिओ शृंखला
तपाईं दिनभरिमा कति पानी पिउनुहुन्छ?
कसरी पिउनुहुन्छ?
तपाईंलाई थाहा छ, पानीको मात्रा सँगसँगै पानी पिउने पनि एउटा खास तरिका हुन्छ।
सेतोपाटीको यो सूचनामूलक भिडिओ शृंखलामा हामी आज शरीरलाई चाहिने पानीबारे कुरा गर्दैछौं।
पोषणसम्बन्धी विज्ञहरूका अनुसार पानी पिउनु भनेको हाम्रो शरीरलाई आराम दिनुजस्तै हो। चौबीसै घन्टा काममा घोटिँदा हाम्रो शरीरका अंगहरू चलेका चल्यै हुन्छन्। पानी पिउनु भनेको शरीरलाई विश्राम दिनु हो। थाकेका अंगमा नयाँ प्राण भर्नु हो।
त्यसैले प्यास लाग्दा वा गर्मी हुँदा मात्र होइन, सामान्य अवस्थामा पनि निश्चित परिमाणको पानी पिइरहनुपर्छ। एकैचोटि दुई-तीन लिटर घटाघट पिउनुभन्दा मात्रा मिलाएर पटक-पटक पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ।
यसबारे अन्तर्राष्ट्रिय अध्ययनले के भन्छ? विज्ञहरू के भन्छन्?
हेर्नुहोस् भिडिओ-