बलिउडमा हिट भएको अभिनेता आमिर खानको फिल्म ‘दंगल’ चीनीया दर्शकले पनि निकै रुचाएका छन्। सामाजिक सञ्जालको माध्यमबाट चीनीया घरघरमा पुगेको फिल्म दंगलले चीनीया थिएटरमा रेकर्डनै तोडेको छ।
फिल्मले अहिलेसम्म २० करोड रुपैयाँ भन्दा बढि कमाइसकेको छ । मे ५ मा चीनीया सिनेमाघरमा पुगेको ‘दंगल’एक महिना पुगिसक्दा आजसम्म हाउसफुल नै छ। चीनमा अहिले फिल्म ‘दंगल’निकै रुचाइएको छ । ‘दंगल’ हेरेकाहरुले नहेरेकालाई हेर्न सल्लाह दिइरहेका छन्।
चीनीया दर्शकले फिल्मका मुख्य पात्र गीत–बबिता र उनीहरुको संघर्षको कथालाई आफ्नै देशको अतितससँग जोडेर हेरिरहेका छन्।
चीनमा क्रान्ति हुनुअघि महिलाहरुलाई अगाडी बढ्न आफ्नो घर र समाजसँग लड्नुपर्दथ्यो। उनीहरुले यस्तो कथा आफ्ना पुर्खाहरुबाट सुनेका थिए। यही कारण चीनीया नागरिकले यो फिल्मलाई गहिराईसँग जोडेर हेरेका हुन्।
आमिरको फिल्म हेर्ने गरेका चीनीया दर्शकहरुले ‘दंगल’ लाई उनको उत्कृष्ट फिल्म भएको बताएका छन्। फिल्मको कथा र रुढिवादी समाजसँग लड्ने त्यो प्रेरणाले नै दर्शकहरु ‘दंगल’प्रति आर्कषित भएका हुन्। फिल्म हेरेर चीनीया दर्शकहरु भावुक भएका छन्।
‘दंगल’ हेरेका एक चीनीया दर्शकले यो फिल्ममा एक बुवाको प्रेम, देशभक्ति र आफ्नो छोरीहरुलाई सफलताको बाटो दखाएका कथाले मन छोएको बताए । उनले यो फिल्म खेल प्रेमी र महिलाको बहादुरीको कारण आफ्नै फिल्म जस्तै लागेको बताए।
फिल्मको कथासँगै अभिनेता आमिर खानको चर्चा र सफलताले पनि चीनीयाहरु फिल्म ‘दंगल’ हेर्न लालयित भएका हुन्। दर्शकको लागि आमिर एक अभिनेता मात्र नभई देश र समाज बदल्न सक्ने एक योद्धा हुन्।
चीनीया समाजमा महिलासँग सम्बन्धित मुद्दामा बन्ने गरेका फिल्महरु निकै रुचाइने गरका छन्। अमेरिकी कार्टुन फिल्म ‘जुटोपिया’ले पनि चीनमा निकै सफलता पाएको थियो। जसमा एक सानो गाउँको महिलाले ठूलो शहरमा सफलता पाएको कथा देखाइएको थियो।
चीनमा फिल्मको लागि घरेलु बजार निकै सानो मानिन्छ। तर पछिल्ला केही वर्षमा चीनको सिनेमाघरमा स्क्रीन संख्या बढ्न थालेका छन्।
चीनमा प्राय सामान्य विषय र कथामा मात्र फिल्म बन्ने गरेका छन्। जसमा कमेडी र एक्सन प्रकृतिका फिल्म प्राय बढि हुन्छन्।
तर दर्शकहरु सामान्य भन्दा दमदार र गहिरो विषयमा बनेका फिल्म हेर्न मन पराउँछन्। जसको कारण बलिउड र हलिउडका फिल्महरुले चीनमा सफल व्यपार गरिरहेको छ।