असारे झरी छिचोल्दै आज ३५ जिल्लाका ३३४ स्थानीय तहमा मतदान सुरू भएको छ । अधिकांश जिल्लाका निर्वाचन केन्द्रमा सिमसिम पानी परिरहेको छ। यद्यपी मतदाताहरू छाता ओढेरै भएपनि मतदान केन्द्र पुगेका छन्।
निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म को समय तोकेपनि अधिकांश मतदाताहरू बिहानै मतदानस्थल पुगिसकेका छन्।
बिराटनगर महानगरपालिकाका सहित ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा गरी १५ हजार ३५ प्रतिनिधिको चयन आजको निर्वाचनबाट हुनेछ।
आयोगका अनुसार ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
आजको चुनावमा प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् ।
हामीले तस्बिरहरू सामाजिक सञ्जालबाट लिएका हौ।