दोश्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत नेपालगन्जमा पनि मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि मतदाताहरु बिहान ६ बजेदेखि नै मतदान केन्द्रहरुमा पुगेका थिए।
दिउँसो गर्मी हुने भएकाले मतदाताहरु बिहान मतदान केन्द्रमा पुगेका हुन।
मतदान केन्द्रमा पुरुषको भन्दा महिलाहरुको सहभागिता बढी छ। कतिपय महिलाहरु सानो बच्चा बोकेरै मतदानका लागि लाइन लागेका छन। धेरै बेर लाइन लाग्दा पनि पालो नआएको गुनासो मतदाताहरुको छ।
पानी पर्ला कि भनेर चिन्तामा रहेका मतदाताहरु बिहानैदेखि घाम लागे पछि उत्साहित देखिएका छन्। गर्मीबाट जोगिन मतदाताहरु छाता नै ओढेर लाइन लागि रहेका छन्।
बिहानैदेखि बादल लागेका नेपालगन्जको मौसम हिजो अस्तिभन्दा शितल छ।
२० वर्षपछि मत खसाल्न पाएकोमा मतदाता उत्साहित छन्। तर मतदाता शिक्षा प्रभावकारी नएका कारण मतदान गर्न मतदाताहरु अलि अलमलमा परेका छन्।
बाँकेमा २ सय ९५ मतदान केन्द्रहरु रहेका छन्। मतदान गराउका १ हजार ७ सय ७० जना कर्मचारी र ४ हजार सुरक्षाकर्मीहरु खटिएका छन्।
८ वटा स्थानीय तह भएको बाँकेमा २ लाख ४६ हजार १ सय ४ जना मतदाता रहेका छन्।