निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएको जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन उत्साहका साथ सम्पन्न भएको जानकारी दिएका हुन्। बुधबार मतदान सम्पन्न भएलगत्तै काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले ७० दशमलव ५ प्रतिशत मत खसेको पनि उल्लेख गरे।
बुधबार प्रदेश नम्बर १, ५ र ७ अन्तर्गतको ३ सय ३४ स्थानमा स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो। प्रमुख निर्वाचन आयुक्त यादवले सबैभन्दा बढि ८० प्रतिशत मत बाजुरा जिल्ला र सबै भन्दा कम मत ६१ प्रतिशत भोजपुरमा खसेको पनि जानकारी दिए।
प्रमुख निर्वाचन आयुक्त यादवले आजैबाट मतगणना सुरु हुने पनि स्पष्ट पारे। उनले अहिले मतपेटिका मतदान केन्द्रमा ल्याउने ल्याउने काम सुरु भईसकेको उल्लेख गर्दै आजैबाट मतगणना कार्य सुरु हुने बताए। प्रमुख निर्वाचन आयुक्त यादवले मतगणना कार्यमा ढिलाई नहुने पनि बताए। निर्चनवा आयोगले उपयुक्त ठाउँका व्यवस्था गरी मतगणना कार्यमा ढिलाई नगर्न सम्बन्धित निर्वाचन अधिकृतहरुलाई यस अघि नै निर्देशन दिई सकेको छ।
निर्वाचन आयोगले निर्वाचनलाई सफल बनाउन योगदान दिने सबैप्रति आभार पनि व्यक्त गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई सफल बनाउन पनि सबैमा अपिल गरेका छन्।
https://www.youtube.com/watch?v=ME7NhyTMgrY