दोस्रो चरणमा निर्वाचन भएका १ महानगरसहित सात उपमहानगरपालिकाको पछिल्लो मत गणनाअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ।
विराटनगरमहानगरपालिकासहित इटहरी, धरान र धनगढीमा कांग्रेसले अग्रता लिएको छ भने रूपन्देहीको बुटवल, दाङको घोराही र तुलसीपुरमा एमालेले अग्रता लिएको छ। नेपालन्ज उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ।
विराटनगर महानगरपालिकाको मेयर पदमा कांग्रेसका भीम पराजुलीले ६७७ मतको अन्तर बनाएका छन्। उनले एमालेका विनोद ढकालविरुद्ध २३५३ मत प्राप्त गरेका छन्। ढकालको १६७६ मत ल्याएका छन्।
इटहरी उप–महानगरपालिकामा कांग्रेसका रोहित प्रसाईले अहिले १ सय ७५ मतले अग्रता लिइरहेका छन्। भने उप मेयरमा २ सय ८४ मतले पछि एमाले रहेको छ ।
धरान उपमहानगरमा कांग्रेसका तिलक राईले १ सय ८३ मतले अग्रता बनाएका छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार राईले २११७ मत पाएका छन् भने उपमेयरमा पनि कांग्रेसकी उम्मेद्वारले २०९६ मत पाएकी छन्। यस्तै एमालेका उम्मेद्वार तारा सुब्बाले १९३४ मत पाएका छन भने उपमेयरमा २०२० मत पाएका छन्। एमालेका द्वारिकालाल चौधरीले ३५३७ मत पाएका छन् भने उपमेयरमा लक्ष्मी गौतमले ३४२४ मत पाएकी छन्।
एमालेले रुपन्देहीको बुटवल उपमहानगर तथा दाङको घोराही र तुलसीपुर उपमहानगरपालिकाका ३ स्थानमा आफ्नो अग्रता कायमै राखेको छ।
पछिल्लो मतपरिणामअनुसार,
बुटवलमा एमालेका उम्मेदवार शिवराज सुवेदीले ६२८९ मत ल्याएका छन्। माओवादी केन्द्रसँग मिलेर उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयले ६०६३ मत ल्याएर कडा टक्कर दिएका छन्। यस्तै उपमेयरमा एमालेकै गोमा आचार्यले ६९३६ मत ल्याएर अग्रता कायमै राखेकी छन् भने संयुक्त उम्मेद्वार बनेका माओवादी केन्द्रका जगतबहादुर पोखरेलले ४३३२ मत ल्याएका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेबाट प्रमुखमा घनश्याम पाण्डेयले ३६८४ र उपप्रमुखमा माया शर्माले ३४१० मत पाएका छन् । नेपाली कांग्रेसबाट प्रमुखमा गेहेन्द्र गिरीले ३२०० र उपप्रमुखमा देविका नेपाली घिमिरेले ३२०१ मत ल्याएका छन्। माओवादी केन्द्रबाट प्रमुखमा शेषुराम भण्डारीले ८५४ र उपप्रमुखकी उम्मेद्वारले ८८४ मत ल्याएका छन् ।
घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरीले ८९७१ र उपप्रमुखमा सीता सिग्देल न्यौपानेले ८४८४ मत ल्याएका छन्। कांग्रेसका प्रमुख भुपबहादुर डाँगीले ६७०७ र उपप्रमुखमा पुष्पा श्रेष्ठले ६८७१ मत ल्याएका छन्। माओवादीका जीवन गौतमले ४४११ ल्याएका छन् भने उपप्रमुखमा माओवादीले ४६२६ मत ल्याएको छ।
धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका नृप वडले २४९२ मत ल्याएका छन्। त्यस्तै नेकपा एमालेका दुर्गाप्रसाद जोशीले २ हजार २ सय ७ मत ल्याएर कांग्रेसलाई टक्कर दिएका छन्। स्वतन्त्र उम्मेदवार गोपाल हमाल १९७४ मत ल्याएका छन्।
नेपालगन्ज उपमहानगरपालिकामा राप्रापाले अग्रता बढाएको छ। राप्रपाका धवलशम्शेर राणाले ४३१७ मत ल्याएका छन्। कांग्रेसका सुरेश कुमार कनौडियाले २५०५ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेद्वार दामोदर आचार्यले २१९९ मत पाएका छन्।
उप प्रमुखमा नेपाली काग्रेसकी उमा थापामगरले अग्रता कायम राखेकी छन्। उनले ३४५७ मत पाएकी छन् भने राप्रपाकी रमारानी गुप्ताले ३२०० मत ल्याएकी छन्।
एमालेले २१४६ मत ल्याएको छ। केन्दले्र ९६९ मत ल्याएका छन् । उपप्रमुखमा राप्रपाकै रमारानी गुप्ताले १२१२ मत ल्याएर अगाडि छन् । तेस्रो स्थानमा रहेकी एमालेकी उम्मेद्वार शान्तिदेवि ढकालले २३९८ मत ल्याउँदा माओवादी केन्द्रकी कलामुन अन्सारी १९१२ मत ल्याएर चौथो स्थानमा छन्। मतगणना अझै जारी छ।