आजका तस्बिर: साउन २१
आजका तस्बिर: साउन २१
कुँडुले फेँदी ।  बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेँदी। बागलुङको अन्न भण्डारका रूपमा परिचित यो ठाउँ अहिले खेतीयोग्य जमिन मासेर धमाधम बस्ती विस्तार भइरहेको छ। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर: साउन २१
चराको कला ।  दङिशरण गाउँपालिका–४ वैवाङस्थित स्थानीयको घरनजिक खजुरको बोटमा तोप चराले बनाएको गुँड। तोप चराको भालेले गुँड बनाउछ भने, गुँड मन परेन भने पोथी गुँडभित्र पस्दैन। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर: साउन २१
सुन्दर गाउँ ।  बंगलाचुली गाउँपालिका–२ को काल्चको सुन्दर गाउँ। यो गाउँका घरमा अझै पनि फुसको छानो छन्। तस्बिर: रञ्जिता अधिकारी/रासस
आजका तस्बिर: साउन २१
मानुङकोटमा नेपालको झण्डा ।  तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा राखिएको नेपालको राष्ट्रिय झण्डा। टिम नेपो तनहुँले मानुङकोट डाँडामा नेपालको झण्डा राखेको हो। तस्बिर : कृष्ण न्यौपाने/रासस
आजका तस्बिर: साउन २१
गैँजामा घाँस ल्याउदै ।  घोराही उपमहानगरपालिका-१६ भगवानपुरका स्थानीय किसान घाँस काटेर गैँजामा हालेर ल्याउँदै। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्