आजका तस्बिर- साउन २२
आजका तस्बिर- साउन २२
सिस्नेखोला-नागढुंगा सहायक सुरूङ 'ब्रेक थ्रु' ।  धादिङको सिस्नेखोला र काठमाडौंको नागढुंगा सुरूङमार्गको सहायक (इभ्याकुएसन) सुरूङको 'ब्रेक थ्रु' भएको छ। सोमबार अपराह्न इभ्याकुएसन सुरूङको ब्रेक थ्रु गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन २२
हरियाली धान खेत ।  बागलुङ नगरपालिका–४ कुडुले फेदीमा रहेको हरियाली धान खेतको फाँट। यस खेतमा धानको राम्रो उत्पादन हुन्छ। तस्बिर : खेमराज गौतम/रासस
आजका तस्बिर- साउन २२
कटानको चपेटामा शिव लिङ्गेश्वरधाम ।  कञ्चनपुरको वेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ। शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको हो। तस्बिर:गोकुल जोशी/रासस
आजका तस्बिर- साउन २२
मानुङकोटबाट देखिएको दमौली आसपासका बजार र मादी सेती नदी ।  तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको सदरमुकाम दमौलीलगायत आसपासका बजार र मादी सेती नदी । तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- साउन २२
लोहजारा दह ।  सप्तरीको तिरुहत गाउँपालिका–५, लोहजारमा अवस्थित लोहजारा दह। तस्बिरः अरुणकुमार यादव/रासस
प्रतिक्रिया दिनुहोस्