आजका तस्बिर- साउन २३
आजका तस्बिर- साउन २३
बागमतीमा भेल आएपछि... ।  काठमाडौंको बागमती नदी आसपासका क्षेत्र जलमग्न भएका छन्। सोमबार रातिदेखि परेको वर्षाका कारण काठमाडौंको बागमतीमा पानीको सतह बढेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन २३
फुङ्फुङ्गे झर्ना ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—४ साँवा गाउँमा रहेको पर्यटकीय महत्वको फुङ्फुङ्गे झर्ना। पछिलो समयमा झर्ना अवलोकन गर्न आउने पर्यटकहरूको संख्या बढ्दै गएको छ। झर्ना अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर होमस्टे सञ्चालन गर्न स्थानीयले थालेका छन्। तस्बिर: दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- साउन २३
जोखिम मोलेर माछा मार्दै ।  नारायणी नदीको भेलमा जोखिम मोलेर माछा मार्दै एक युवा । लगातारको वर्षाले नारायणी नदीको बहाब बढेको छ। तस्बिरः कृष्ण आचार्य/रासस
आजका तस्बिर- साउन २३
भक्तपुर मङ्गलतीर्थका सम्पदा डुबानमा ।  वर्षाका कारण मनोहरा नदीमा आएको बाढीले डुबानमा परेको भक्तपुर मङ्गलतीर्थका सम्पदा। बाढीले हनुमानघाट, चुपिङघाट, राम मन्दिरका सम्पदाहरू डुबानमा परेका छन्। तस्बिर: लक्ष्मी गारु/रासस
आजका तस्बिर- साउन २३
मनाङको ङिस्याङ भ्याली ।  मनाङको ङिस्याङ गाउँपालिकामा अवस्थित ङिस्याङ भ्याली र मर्स्याङ्दी नदी। तस्बिर: नवीन लामिछाने/रासस
प्रतिक्रिया दिनुहोस्