आजका तस्बिर- साउन २४
आजका तस्बिर- साउन २४
मनाइयो अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस ।  अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। ‘इन्डिजिनियस युथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन २४
सानेपामा नेविसंघका दुई पक्ष आमनेसामने ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघका दुई पक्ष आमनेसामने भएका छन्। दुजाङ शेर्पा नेतृत्वको ७११ सदस्यीय नेविसंघ र समानान्तर समिति घोषणाका लागि पुगेको नेविसंघ असन्तुष्ट पक्ष बुधबार दिउँसो कांग्रेस केन्द्रीय कार्यालयअगाडि सडकमा आमनेसामने भएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन २४
त्रिशूली नदीको पुल ।  चितवनको इच्छाकामना गाउँपालिकाको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीको पुल। एक सय ४५.३ मिटर लामो पक्की पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ। तस्बिर: कृष्ण आचार्य/रासस
आजका तस्बिर- साउन २४
चिया खेती गरिँदै ।  म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चियाका बिरूवा रोप्दै अमरज्योति मावि र गोरक्ष आधारभूत विद्यालयका विद्यार्थी। प्रयोगात्मक अभ्यासका लागि कक्षा ७ देखि १० का विद्यार्थीहरूले दुई दिन लगाएर करिब आठ रोपनीमा चार हजार आठ सय चियाका बिरूवा रोपेका छन्। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- साउन २४
गोठतिर लैजाँदै भेंडाच्याङ्ग्रा ।  मनाङ ङिस्याङ गाउँपालिकास्थित आइसलेका खर्कहरूमा भेंडाच्याङ्ग्रा चरन क्षेत्रबाट गोठतिर लैजाँदै। यस क्षेत्रमा भेंडाच्याङ्ग्रासँगै याक चौँरीका गोठ छन्। जाडोमा गाउँ बस्तीमा र गर्मीमा लेकका खर्कमा गोठ लैजाने यहाँको प्रचलन रहेको छ। तस्बिर: नवीन लामिछाने/रासस
प्रतिक्रिया दिनुहोस्