आजका तस्बिर- साउन २५
आजका तस्बिर- साउन २५
शिक्षा विधेयकविरूद्ध निजी विद्यालय सञ्चालकको विरोध प्रदर्शन ।  शिक्षा विधेयकविरूद्ध निजी विद्यालय सञ्चालकले विरोध प्रदर्शन गरेका छन्। शिक्षा विधेयकमा कम्पनीअन्तर्गत रहेका विद्यालयहरू ५ वर्षभित्र गुठीअन्तर्गत सञ्चालन गर्नुपर्ने र त्यस्ता विद्यालय गैरनाफामूलक हुने उल्लेख छ। यो व्यवस्थामा निजी विद्यालय सञ्चालकहरूले आपत्ति जनाएका छन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- साउन २५
सिआइबीको हिरासतबाट सांसद सुनिल शर्माको अभिवादन! ।  नेपाली कांग्रेसका सांसद सुनिल शर्माले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को हिरासतबाट अभिवादन गरेका छन्। बिहीबार काठमाडौंको मण्डिखाटारस्थित निवासबाट पक्राउ परेका सांसदलाई सिआइबीको लैनचौरस्थित कार्यालयमा राखिएको छ। त्यहाँ रहेको झ्यालबाट सुनिल शर्माले अभिवादन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन २५
कपनको खोला खन्न पुग्दा काठमाडौं नगर प्रहरी र स्थानीयबीच झडप ।  काठमाडौं महानगर प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ। बिहीबार काठमाडौं महानगर प्रहरी बलको टोली कपनको मिलनचोकस्थित खहरे खोला खोतल्न पुग्दा स्थानीय र नगर प्रहरीबीच झडप भएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन २५
यातायात व्यवस्था विभागअगाडि ट्याक्सी तेर्स्याएर व्यवसायीले गरे विरोध ।  विभिन्न माग राख्दै ट्याक्सी व्यवसायीले काठमाडौंमा आन्दोलन गरेका छन्। बिहीबार बिहान नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअगाडि सडकमा ट्याक्सी तेर्स्याएर व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन २५
हुलाकी राजमार्ग आसपासको क्षेत्र डुबानमा ।  लगातारको वर्षातपछि आएको बाढीले डुबानमा परेको कैलालीको भजनी नगरपालिकास्थित हुलाकी राजमार्ग आसपासको क्षेत्र । तस्बिर : दुर्गा देवकोटा/रासस
प्रतिक्रिया दिनुहोस्