आजका तस्बिर: साउन २७
आजका तस्बिर: साउन २७
ढकिया बुन्दै ।  शुक्लाफाँटा नगरपालिकामा थारू समुदायका महिला ढकिया बुन्दै। स्थानीयस्तरमै पाइने घाँसबाट बनाइने ढकिया घरायसी समान राख्नका लागि प्रयोग गरिन्छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर: साउन २७
बगरफाँटमा धानको हरियाली ।  म्याग्दीको अन्न भण्डार मानिने बेनी नगरपालिका-२ ज्यामरुककोटको बगरफाँटमा धानको हरियाली सहितको सुन्दर दृश्य। यहाँ कृषकले गौरिया, गुडुरालगायत स्थानीय जातको धान उत्पादन लगाउने गर्दछन्। तस्बिर: ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर: साउन २७
दरबाङ बजार ।  पश्चिम म्याग्दीको प्रमुख व्यापारिक स्थल दरबाङ बजार। मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङ बजार पछिल्लो समय घना वस्तीमा परिणत भइरहेको छ। तस्बिर: ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर: साउन २७
विश्व हात्ती दिवस ।  युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाको आयोजनामा १२ औं विश्व हात्ती दिवसको अवसर पारेर शनिबार चितवनको सौराहामा हात्तीलाई वनभोज खुवाइँदै। दिवसको अवसरमा ६५ वटा सरकारी तथा निजी हात्तीहरूलाई वनभोज खुवाइएको हो। तस्बिर: कृष्ण आचार्य/रासस
आजका तस्बिर: साउन २७
आरन ।  घोराही उपमहानगरपालिका-१४ नयाँबजारमा आरन सञ्चालक जीतबहादुर टोमाटाले ग्राहकको खुर्पामा बिँड हाल्दै। घोराही-१ सिमलताराका टोमाटाले घोराही बजारमा उपमहानगरले उपलब्ध गराएको सटरमा व्यावसायिक रूपमा आरन पेशा गर्दै आएका छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्