आजका तस्बिर: साउन २८
आजका तस्बिर: साउन २८
हिमाली गाईको दूध दुहुँदै गोठालो ।  ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका-५ लोदेन खर्कमा हिमाली गाईको दूध दुहुँदै गोठालो। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर: साउन २८
ड्रागन फ्रुट खेतीमा आकर्षित हुँदै कृषक ।  सुर्खेतको वीरेन्द्रनगर– १ ढोडेखालीमा लगाइएको ड्रागन खेती । पछिल्लो समय ड्रागन फ्रुटले बजार पाउन थालेपछि यहाँका किसान आकर्षित हुन थालेका छन्। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर: साउन २८
श्रृङ्गारिक आरती हेर्न भक्तजनको घुइँचो ।  घोराही उपमहानगरपालिका–५ धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिरमा राती श्रृङ्गारिक आरती हेर्न पुगेका भक्तजनको घुइँचो। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर: साउन २८
आलु खन्दै स्थानीय किसान ।  म्याग्दीको रघुगंगा गाउँपालिका–८ मंगलेखानीमा आलु खन्दै स्थानीय किसान। तस्बिरः कमल खत्री/रासस
आजका तस्बिर: साउन २८
ग्राहकको पर्खाइमा ।  पुस्तौँपुस्ता घाँसकै भरमा जीवन धान्दै आएका नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित त्रिभुवन चोक नजिकै बस्ने घँसियार महिला घाँस किन्न आउने ग्राहकको पर्खाइमा। तस्बिरः रूपनी जिएम/रासस
प्रतिक्रिया दिनुहोस्