आजका तस्बिर- साउन २९
आजका तस्बिर- साउन २९
ब्रेक शु भित्रको सुन निकालियो ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकालेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रे‍क शुबाट सुन निकालिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन २९
देवघाटधाममा भक्तजन ।  साउनको अन्तिम सोमबार देवघाटधाममा स्नान तथा दर्शन गर्न आएका भक्तजन। तस्बिर: सनद अधिकारी/रासस
आजका तस्बिर- साउन २९
शिवलिङ्गमा गाईको दूध र बेलपत्र अर्पण गर्दै भक्तजन ।  सदाशिव सिद्धेश्वर हरिहर मन्दिर पोखरा –१७ महतगौडामा सोमबार १०८ शिबलिङ्गमा गाईको दुध र बेलपत्र अर्पण गर्दै भक्तजन। तस्बिरः हरिप्रसाद बास्तोला/रासस
आजका तस्बिर- साउन २९
अविरल वर्षाका कारण बनेको ताल ।  अविरल वर्षाका कारण सेती नदीमा पानीको सतह बढ्दा पोखराको रामघाटमा बनेको ताल। तस्बिरः कृष्ण दवाडी/रासस
आजका तस्बिर- साउन २९
क्षतिग्रस्त कागबेनी ।  अविरल वर्षाको कारण आइतबार आएको बाढीले क्षेतिग्रस्त मुस्ताङको कागबेनी क्षेत्र। तस्बिर सौजन्य: नेपाली सेना
प्रतिक्रिया दिनुहोस्