आजका तस्बिर: साउन ३१
आजका तस्बिर: साउन ३१
पेट्रोलियम पदार्थ मूल्यवृद्धि विरूद्ध प्रदर्शन ।  बुधबार अखिल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेपाल आयल निगमको कार्यालय घेराउ गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: साउन ३१
गाठीकाँडा गाउँ ।  सुर्खेतको वीरेन्द्रनगर–१४ मा रहेको हरियाली गाठीकाँडा गाउँ। वर्षाको समयमा यहाँ मकै, बोडीलगायतको बालीको उत्पादन राम्रो हुने गर्दछ। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर: साउन ३१
धनमा मल छर्दै किसान ।  सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–७, मुसैलीका किसान धानमा रासायनिक मल छर्दै। विगतका वर्षहरूमा भन्दा यस पटक किसानलाई केहि सहजरूपमा रासायनिक मल उपलब्ध भइरहेको छ। तस्बिरः विश्वनाथ ठाकुर / रासस
आजका तस्बिर: साउन ३१
बाउसे झरना ।  बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ चमेरेबाट देखिने पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको फेदीबाट खस्ने बाउसे झरना। बाउसे झरना बेनी जोमसोम सडकमा यात्रा गर्ने पर्यटकका लागि आकर्षण बनेको छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर: साउन ३१
नर्सरीमा बिरूवा उत्पादन ।  डिभिजन वन कार्यालय चितवनको बहुवर्षीय बिरूवा उत्पादन नर्सरी। कार्यालयले यसवर्ष दुई लाख ६० हजार बिरूवा उत्पादन र दुई लाख चार हजार बिरूवा वितरण गरेको छ। तस्बिरः कृष्ण आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्