आजका तस्बिर- भदौ १
आजका तस्बिर- भदौ १
जहाज चार्टर्ड गरी आएका बंगलादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजाले स्वागत ।  बंगलादेशबाट आएका झन्डै २ सय पर्यटकको समूहलाई भव्य स्वागत गरिएको छ। नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बंगलादेशबाट ७०० पर्यटक नेपाल आउन लागेका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ १
कालभैरव दर्शनार्थीको घुइँचो ।  काठमाडौँ महानगरपालिका–२४ स्थित विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार परिसरमा अवस्थित कालभैरव मन्दिरमा दर्शनार्थीको घुइँचो। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
आजका तस्बिर- भदौ १
निकुञ्जमा सेनाको गस्ती ।  बाँके राष्ट्रिय निकुञ्जमा चोरीशिकारी नियन्त्रण गर्नका लागि नेपाली सेनाले पैदल गस्ती गर्दै। तस्बिर: रुपनी जिएम/रासस
आजका तस्बिर- भदौ १
माछापुच्छ्रे हिमाल ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारबाट शुक्रबार बिहान देखिएको माछापुच्छ्रे हिमाल। तस्बिर: कृष्ण दवाडी/रासस
आजका तस्बिर- भदौ १
काठेपुल ।  दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर ४ मन्घर र वडा नम्बर ३ सान्तडा जोड्ने तुर्सुखोलामाथि निर्माण गरिएको काठेको पुल। तस्बिरः सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्