आजका तस्बिर- भदौ ४
आजका तस्बिर- भदौ ४
हिलाम्मे सडक पार गर्दै पर्यटक ।  पहिरोले सडक अवरूद्ध बनेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सुकेबगरमा हिलाम्मे सडक पार गर्दै गरेका पर्यटक। पहिरोले सवारी अवरूद्ध भएपछि मुस्ताङ भ्रमणमा आएका पर्यटक हिलो र पहिरोमा जोखिम मोलेर पदयात्रा गर्न बाध्य भएका छन्। तस्बिरःकमल खत्री/रासस
आजका तस्बिर- भदौ ४
बागलुङ बजार ।  रातमाटाबाट देखिएको बागलुङ बजार र आसपास क्षेत्र । बागलुङको धार्मिक पर्यटकीय गन्तव्यस्थलहरुमा आन्तरिक तथा वाह्य पर्यटक आउन थालेपछि चहलपहल बढेको छ। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- भदौ ४
नाग पूजा गर्दै भक्तजन ।  मोरङको सुन्दरहरैँचा नगरपालिका –९, सलकपुरमा अवस्थित नागको प्रतिमामा पूजा गर्दै भक्तजन। तस्बिर: मणिराम दाहाल/रासस
आजका तस्बिर- भदौ ४
माइकोपिला ।  समुद्र सतहदेखि ६ हजार मिटर उचाइमा पर्ने ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको लुम्बासुम्बा क्षेत्रमा फेला परेको माइकोपिला। माइकोपिला अन्य बोटबिरूवा तथा घाँसपात समेत नहुने उच्च हिमाली क्षेत्रमा मात्र पाइन्छ । माइकोपिला बहुउपयोगी जडिबुटी समेत हो । तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- भदौ ४
अजिङ्गारको उद्धार ।  बाँकेको राप्तिसोनारी गाउँपालिका-८ बालापुरस्थित सोमबार स्थानीय लौटन चौधरीको घरको आँगनबाट उद्धार गरिएको करिब १० फिट लम्बाई र १२ केजी तौलको अजिङ्गार। तस्बिरः रुपनी जि एम/रासस
प्रतिक्रिया दिनुहोस्