आजका तस्बिर- भदौ ६
आजका तस्बिर- भदौ ६
सुन्दर हिल गाउँ ।  बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–३ स्थित सुन्दर हिल गाउँ। परम्परागत ढुङ्गेघरका कारण हिलको एकीकृत बस्ती मनै लोभ्याउने खालको छ। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर- भदौ ६
तीर्थयात्रीलाई उद्धार गर्दै ।  बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पहिरोले क्षतिग्रस्त बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने खामभित्ता क्षेत्रमा मुस्ताङबाट फर्कंदै गरेका जेष्ठ नागरिक तीर्थयात्रीलाई बोकेर गन्तव्यतर्फ लैजाँदै स्वयंसेवक। पहिरोले खामभित्ताको सडक छियाछिया बनाउँदा यातायात अवरूद्ध हुनुका साथै पैदलयात्रा गर्न पनि जोखिम भएको छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- भदौ ६
पहिरोको जोखिममा प्रशारण लाइन ।  पहिरोको उच्च जोखिममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगाममा रहेको २२० केभी क्षमताको कालीगण्डकी प्रशारण लाइनको टावर। टावरको नजिकै पहिरो गएपछि टावर जोखिममा पुगेको हो। तस्वीर: सन्तोष गौतम/रासस
आजका तस्बिर- भदौ ६
वाटर बाइकमा रमाउँदै ।  भक्तपुर नगरपालिका–१ पुखु (गुह्य पोखरी) मा वाटर बाइकबाट पुखु परिक्रमा गरी रमाउँदै स्थानीय। बाइकमा एक जना बराबर १५ मिनेटको २०० शुल्क लाग्छ। तस्बिरः लक्ष्मी गारु/रासस
आजका तस्बिर- भदौ ६
बगरफाँटमा धानको हरियाली ।  म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा देखिएको धानको हरियालीसहितको फाँट र थुम्कामा निर्माण गरिएको दुर्गा भगवतीको मन्दिर। तस्बिर: ध्रुवसागर शर्मा/रासस
प्रतिक्रिया दिनुहोस्