आजका तस्बिर- भदौ ७
आजका तस्बिर- भदौ ७
मनाइयो गौरा पर्व ।  गौरा पर्व हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ। विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व बिहीबार दिउँसो राजधानीको टुँडिखेलमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ ७
देउडा खेल्दै प्रधानमन्त्री प्रचण्डलगायत ।  गौरा पर्व २०८० को उपलक्ष्यमा काठमाडौंको टुँडिखेलमा बिहीबार आयोजना गरिएको गौरा पर्वमा डेउडा खेल्दै प्रधानमन्त्री पुष्कमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउद, पूर्वउपप्रधानमन्त्री भीम रावललगायत। तस्बिर: प्रदीपराज वन्त/रासस
आजका तस्बिर- भदौ ७
तानमा ढाका कपडा बुन्दै ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—७ मा रहेको सोनी ढाका कपडा उद्योगमा आयआर्जनका लागि परम्परागत प्रविधिबाट ढाकाको कपडा बुन्दै उद्यमी महिला । तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- भदौ ७
शारीरिक अभ्यास ।  दाङको घोराही उपमहानगरपालिका–१५ स्थित द लोटस ट्रेनिङ सेन्टरका विद्यार्थी बिहीबार बिहान घोराही घोरदौरा सडकमा दौड्दै । तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- भदौ ७
तरकारीको जोहो ।  दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेका स्थानीय घरमा पिँडालुको डाँठ सुकाउँदै। हिउँदमा तरकारी बनाएर खान पिँडालुको डाँठलाई चिरेर घाममा सुकाई राखिन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्