आजका तस्बिर- भदौ ९
आजका तस्बिर- भदौ ९
धानखेतीमा रासायनिक मल छर्किंदै ।  बाँकेको नरैनापुर गाउँपालिका–४ का किसान धानखेतीमा रासयनिक मल छर्किदै । तस्बिर ः भेषराज बस्नेत÷रासस
आजका तस्बिर- भदौ ९
हिलोमा फसेको ट्रक ।  उत्तर दक्षिण कोशी राजमार्गअन्तरर्गतको सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थित मिलनचोकमा चार दिनअघि हिलोमा फसेको मालबाहक ट्रक । तस्बिर ः भविन कार्की÷रासस
आजका तस्बिर- भदौ ९
बागमती नदीमा जलयात्रा ।  नेपाल पर्यटन वोर्ड र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को संयोजनमा पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाहरुले शनिबार कुपोन्डोलस्थित बागमती नदीबाट सुन्दरीघाट सम्म गरिएको जलयात्रामा सहभागीहरु । तस्बिर : हरिराम भेटुवाल / रासस
आजका तस्बिर- भदौ ९
भ्रष्टाचारविरूद्ध बृहत् नागरिक आन्दोलनको खबरदारी ।  भ्रष्टाचारका विभिन्न प्रकरणमा मुछिएका राजनीतिक दलका नेताहरूलाई अनुसन्धानका दायरामा ल्याउन माग गर्दै बृहत् नागरिक आन्दोलनले सरकारलाई खबरदारी गरेको छ। शनिबार दिउँसो काठमाडौंको भद्रकालीमा नागरिक आन्दोलनले खबरदारी कार्यक्रम गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- भदौ ९
खगेरी खोलामा माछा मार्दै स्थानीय ।  रत्ननगर नगरपालिका– ९ स्थित खगेरी खोलामा शनिबार माछा मार्दै यहाँका स्थानीय । शुक्रबार साँझदेखि निरन्तर परेको वर्षापछि खोलामा आएको भेलमा उनीहरु माछा मार्न आएका हुन् । तस्बिरः सनद अधिकारी÷रासस
प्रतिक्रिया दिनुहोस्