आजका तस्बिर- भदौ ११
आजका तस्बिर- भदौ ११
काममा ।  काठमाडौंको टेकुमा घरेलु हतियारमा धार लगाउने काममा हिँडेका मानिसहरू। उनीहरूले स्पिकरको सहायताले घर-घरमा पुगेर घरेलु हतियारमा धार लगाउने काम गर्ने गर्छन्। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ ११
संसदीय समितिका सभापतिले लिए शपथ ।  प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूले पद तथा गोपनियताको शपथ लिएका छन्। सोमबार दिउँसो सभामुख देवराज घिमिरेले नवनिर्वाचित समिति सभापतिहरूलाई शपथ खुवाएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ ११
डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक ।  मकवानपुर जिल्लाको इन्द्र सरोवर गाउँपालिकामा रहेको कुलेखानी (इन्द्र सरोबर) तालमा डुंगा सयर गर्दै आन्तरिक पर्यटक। यो ताल २०३४ सालमा निर्माण सुरू गरी २०३८ सालमा सम्पन्न गरिएको उल्लिखित छ। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- भदौ ११
महभीर झरना ।  मकवानपुर जिल्लामा रहेको अतिरमणीय झरना महभीर झरना। झरना हेर्न प्रत्येक शनिबार ५/६ सय जनाको सङ्यामा स्वदेशी पर्यटक आउने गरेको स्थानीयहरू बताउँछन्। अरू बार भने १५० को हाराहारीमा पर्यटक आउने गर्छन्। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- भदौ ११
महोत्सवमा पिङ खेल्दै बालबालिका ।  जुम्लाको सिंजा गाउँपालिकाको आयोजनामा सञ्चालन भएको ऐतिहासिक सिंजा केदारनाथ महोत्सवमा स्थानीय काठबाट निर्माण गरेको पिङ खेल्दै यहाँका बालबालिका। सिंजाको पर्यटन प्रवर्द्धन गर्नेका लागि सो महोत्सव सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। तस्बिर: विजय रावत/रासस
प्रतिक्रिया दिनुहोस्