आजका तस्बिर- भदौ १३
आजका तस्बिर- भदौ १३
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जितको शुभकामना दिँदै। बुधबार पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री। तस्बिर: रासस ।  
आजका तस्बिर- भदौ १३
राष्ट्रपति रामचन्द्र पौडेल र उनकी पत्नी सविता पौडेल नेपाल र पाकिस्तानबीच भइरहेको एसिया कप क्रिकेट टिभीमा हेर्दै। तस्बिर: राष्ट्रपतिको सचिवालय। ।  एसिया कप क्रिकेट हेर्दै राष्ट्रपति दम्पती
आजका तस्बिर- भदौ १३
जनैपूर्णिमा र गाई जात्रा पर्वका अवसरमा काठमाडौंको असनमा बिक्रीका लागि राखिएका सामग्री। तस्बिर: हरिराम भेटुवाल/रासस ।  जनैपूर्णिमा र गाई जात्रा पर्वका सामग्री
आजका तस्बिर- भदौ १३
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटस्थित नारायणी नदीमा पौडी खेल्दै स्थानीय बालबालिका। जिल्लामा अहिले गर्मी छल्न नदी, खोला तथा पोखरीमा पौडी खेल्नेहरूको संख्या बढ्दै गएको छ। तस्बिर: टेकराज पोखरेल/रासस ।  पौडी खेल्दै बालबालिका
आजका तस्बिर- भदौ १३
बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको लेतेमा कालोपत्रे गरेपछि चिटिक्क देखिएको सडक मोटरेबल पुल र लेते गाउँ आसपासको दृष्य। यस आयोजनाले घाँसादेखि कोवाङसम्मको सडक कालोपत्रे गर्ने काम सकिएको छ। तस्बिर: कमल खत्री/रासस ।  कालोपत्रे सडक र लेते गाउँ
प्रतिक्रिया दिनुहोस्