आजका तस्बिर- भदौ १४
आजका तस्बिर- भदौ १४
आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइएको छ। हिन्दु धर्मावलम्बीले प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउँछन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी ।  मनाइयो जनैपूर्णिमा र रक्षाबन्धन
आजका तस्बिर- भदौ १४
ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर महादेवमा बिहानैदेखि भक्तजनको भीड छ। हिन्दु धर्मावलम्बी मात्र होइन, कुम्भेश्वर महादेवमा बौद्ध धर्मावलम्बी झाँक्रीहरू पनि मेला भर्न आउँछन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी ।  कुम्भेश्वर महादेव मन्दिरमा झाँक्री नाच
आजका तस्बिर- भदौ १४
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाएको 'प्राइड परेड' मा सहभागी जनाउँदै समुदायका एक अभियान्ता। समुदायले पनि सन् २००४ देखि हरेक वर्ष गाईजात्रालाई अलग ढंगले मनाउँदै आएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी ।  गाईजात्रा रौनक
आजका तस्बिर- भदौ १४
काठमाडौंमा गोरखाको गाईजात्रा देखाइएको छ। गोरखाको ताकुकोट समाजले आज दिउँसो काठमाडौंमा गाईजात्रा देखाएको हो। तस्बिर: नवीनबाबु गुरूङ ।  काठमाडौंमा देखाइयो गोरखाको गाईजात्रा
आजका तस्बिर- भदौ १४
लगनखेलमा कार्यभार सम्हालिरहेकी प्रहरी जवान अश्मिता तामाङ भक्तपुरदेखि आएका आफ्नो भाइ सुजिल तामाङलाइ कुम्भेश्वर मन्दिर परिसरमा रक्षा बन्धन लगाइदिँदै। तस्बिर: निशा भण्डारी/सेतोपाटी ।  ह्याप्पी रक्षाबन्धन!
आजका तस्बिर- भदौ १४
काठमाडौंको बसन्तपुर क्षेत्रमा ग्राहक कुर्ने क्रममा चियाको चुस्की लिँदै रिक्सा चालक। तस्बिर: मन्दिरा घिमिरे ।  ग्राहक कुर्दै, चियाको चुस्की लिँदै
प्रतिक्रिया दिनुहोस्