आजका तस्बिर- भदौ १५
आजका तस्बिर- भदौ १५
तातोपानीको मितेरी पुल नाका आठ वर्षपछि खुल्दै। शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरे। तस्बिर: देवराज सुवेदी/रासस ।  आठ वर्षपछि तातोपानी नाका खुल्यो
आजका तस्बिर- भदौ १५
काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा आज गाईजात्रा मनाइएको छ। यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व भदौ १४ गते परे पनि केहीले भने आज पनि मनाएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी ।  काठमाडौंको गाईजात्रा
आजका तस्बिर- भदौ १५
काठमाडौंको तारकेश्वर नगरपालिका-९ स्थित मनमैजुमा नेवारी समुदायले शुक्रबार गाईजात्रा मनाउँदै। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ। तस्बिर: हरिराम भेटुवाल/रासस ।  गाईजात्रा
आजका तस्बिर- भदौ १५
शुक्रबार धेः धेः पाः पाः अथात् सापारूमा अनुहारमा रङ लगाएर प्रदर्शन गर्दै एक युवा। तस्बिर: नारायण महर्जन/सेतोपाटी ।  सापारूमा एक युवक
प्रतिक्रिया दिनुहोस्