आजका तस्बिर- भदौ १८
आजका तस्बिर- भदौ १८
गुरू रेन्पोछेको प्रतिमा ।  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ८ गहते गाउँको शिरमा निर्माण गरिएको गुरू रेन्पोछेको प्रतिमा। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतिमा निर्माण गरिएको हो। तस्बिरः पेमा लामा/रासस
आजका तस्बिर- भदौ १८
श्रीलंकामा नेपाल-भारतबीच खेल ।  बानेश्वर थापागाउँस्थित मण्डला थिएटरस्थित आर्टिस्ट क्याफेमा टेलिभिजनबाट क्रिकेट हेर्नेको भिड। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ १८
नेपाल र भारत बीचको खेल टेलिभिजनमा हेर्दै ।  राष्ट्रपति रामचन्द्र पौडेल र पत्नी सविता पौडेल एसिया कपअन्तर्गत नेपाल र भारत बीचको खेल टेलिभिजनमा हेर्दै। तस्बिर: राष्ट्रपतिको सचिवालय।
आजका तस्बिर- भदौ १८
खिइँदै जान थालेको चुरे पर्वत ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ धारापानीमा अवस्थित चुरे पर्वत। चुरे क्षेत्रमा चरिचरन र आगलागीका कारण वन क्षेत्र मासिँदै जान थालेपछि चुन ढुङगाबाट निर्मित चुरे पर्वत खिइँदै जान थालेको छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर- भदौ १८
बाघजात्रा ।  नेवाःखल कास्की र पोखरा महानगरपालिकाको संरक्षकत्वमा पोखरामा २३ वर्षपछि सोमबार निकालिएको ऐतिहासिक बाघजात्रा। तस्बिर: राधिका कँडेल/रासस
प्रतिक्रिया दिनुहोस्