आजका तस्बिर- भदौ १९
आजका तस्बिर- भदौ १९
प्रदर्शनी मार्गमा भएका अनधिकृत टहरामा चल्यो डोजर ।  काठमाडौं महानगरपालिकाले प्रदर्शनी मार्गस्थित पर्यटन भवन नजिकैको टहरामा डोजर चलाएको छ। मंगलबार प्रदर्शनी मार्गमा भएका अनधिकृत टहरामा डोजर लगाएको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- भदौ १९
धानफाँट ।  घोराही उपमहानगरपालिका–१२ बटौलपुरबाट देखिएको साइपुरको धानफाँट र मदन भण्डारी लोकमार्गको घोराही रक्षाचौर सडकखण्ड । तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- भदौ १९
तिलिचो ताल ।  हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित पानपाते आकारमा तिलिचो ताल । समुद्री सतहबाट चार हजार ९१९ मिटर उचाई अवस्थित यस तालले चार दशमलव आठ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । स्वदेशी तथा विदेशी पर्यटकको लागि यस ताल आकर्षणको केन्द्र बनेको छ। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- भदौ १९
हिमालको दृष्यावलोकन ।  चक्रिय अन्नपूर्ण पदयात्राले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा खुल्दै गरेको हिमालको अवलोकन गर्दै स्वदेश तथा विदेशी पर्यटक। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- भदौ १९
पहरामा कुँदिएका आमा र बच्चाको मूर्ति ।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा कुँदिएका आमा र बच्चाको मूर्ति । पहरामा कुँदिएका आमा र बच्चाको मूर्तिले स्थानीय पर्यटकलाई आकर्षित गरेको छ। तस्बिर: मिला दरै/रासस
आजका तस्बिर- भदौ १९
होस्टेमा हैंसे ।  काठमाडौंको सामाखुसीमा फसेको एउटा पानीको गाडी निकाल्ने प्रयास गर्दै मानिसहरू। सडकमा ढल विछ्याउने क्रममा हिलो भएपछि यहाँ गाडी फस्ने गरेको छ। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्