आजका तस्बिर- भदौ २१
आजका तस्बिर- भदौ २१
श्रीकृष्ण रथयात्रा ।  श्रीकृष्ण जन्माष्टमीका अवसरमा सुनसरीको इनरूवामा बिहीबार निकालिएको रथयात्रा। राधाकृष्ण मन्दिरबाट निकालिएकाे रथयात्राले नगर परिक्रमा गरेकाे थियाे। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- भदौ २१
टुसा तयार गर्दै ।  म्यादीको रघुगंगा गाउँपालिका-८ खरिवोटमा तरकारीका लागि टुसा तयार गर्दै स्थानीय । जङ्गलमा पाइने निगालोको टुसाको तरकारी स्वादिलो र पोषिलो मानिन्छ। तस्बिर : कमल खत्री/रासस
आजका तस्बिर- भदौ २१
अनदुडाँडामा स्तूप ।  पोखरा महानगरपालिका—२२ अनदुडाँडामा जापानी शैलीमा निर्मित विश्व शान्ति स्तूप। धार्मिक तथा पर्यटकीय महत्व बोकेको स्तूप घुम्नका लागि पोखरा आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्छन्। तस्बिर: कृष्ण दवाडी/रासस
आजका तस्बिर- भदौ २१
तिलिचो ताल जाने बाटो ।  मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल जाने पहिरो जोखिमयुक्त बाटो र हिउँले काटिएका पहरा। तिलिचो बेसक्याम पार गर्दै दैनिक ५०/६० जना आन्तरिक तथा बाह्य पर्यटक तिलिचो ताल पुग्ने गर्छन्। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- भदौ २१
अष्टिम्की पूजा गरेको फूल खोलामा बगाउँदै ।  दाङको सेवार खोलामा बिहीबार अष्टिम्की पूजा गरेको फूल बगाउँदै घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका स्थानीय थारू समुदायका महिला। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्