आजका तस्बिर- भदौ २२
आजका तस्बिर- भदौ २२
मौलिक पहिरनमा सजिएका गुरूङ युवती ।  काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित एक सांस्कृतिक कार्यक्रममा मौलिक पहिरनमा सजिएका गुरूङ युवतीहरू। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी 
आजका तस्बिर- भदौ २२
आरती साहको न्याय माग्दै धर्ना बसेका परिवारले माइतीघरमा मुण्डन गरे कपाल ।  आरती साहको न्याय मान्दै धर्ना बसेका परिवारले माइतीघर मण्डलमा कपाल कपाल मुण्डन गरेका छन्। ८५ दिनदेखि धर्ना बस्दै आएका उनका परिवारले शुक्रबार बिहान कपाल मुण्डन गरेका हुन्। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- भदौ २२
सिठ्ठी फुकेर माइतीघरमा प्रदर्शन ।  चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। उनीहरूले थाल ठटाएर, सिठ्ठी फुक्दै नारा लगाएका थिए। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- भदौ २२
चुँडिएको झुलुङ्गे पुल ।  गत वर्ष असोजमा भएको अविरल वर्षापछि आएको बाढीले मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ४ चाट्या बगरस्थित गमगाढ खोलामा चुँडालेको झोलुङ्गे पुल। सो पुल चुँडिएको एक वर्ष हुन लाग्दा पनि पुल पुनर्निर्माणमा सरोकारवालाहरूको ध्यान नपुग्दा यहाँको वडा नं १० र ११ का जनतालाई सदरमुकाम गमगढी आवतजावतमा समस्या हुँदै आएको छ। तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस
आजका तस्बिर- भदौ २२
कुहिरोले ढाकेको घोराही ।  दाङको घोराही उपमहानगरपालिका–१८ अम्बापुरबाट शुक्रबार बिहान देखिएको कुहिरोले ढाकेको घोराही बजार। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्