आजका तस्बिर- भदौ २४
आजका तस्बिर- भदौ २४
रोल्पाको बाटो ।  दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सहिद मार्ग। पछिल्लो समय यो सडकको अधिकांश कालोपत्र उप्किएपछि यात्रा निकै जोखिमपूर्ण बनेको छ। तस्बिर: नारायण खड्का/सेतोपाटी।
आजका तस्बिर- भदौ २४
बेलुन उडाएर सुरू भयो बिपी साहित्य महोत्सव ।  नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव सुरू गरेको छ। महोत्सवको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बेलुन उडाएर र पानसमा बत्ती बालेर सुरू गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ २४
प्रधानमन्त्री प्रचण्ड–बैठक ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणबारे पूर्वराजदूत, पूर्वपरराष्ट्र सचिव र परराष्ट्र विज्ञ लगायतसँग आइतबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बस्दै। तस्बिर: प्रदीपराज वन्त/रासस
आजका तस्बिर- भदौ २४
कागज बनाउँदै ।  ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ गोटेबारीस्थित छिरिङ हाते कागज उद्योगमा कागज बनाउँदै उद्यमी। नेपाली कागज विशेष गरी लामो समयसम्म राख्नुपर्ने दस्ताबेजका लागि प्रयोग गरिन्छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्