आजका तस्बिरहरू, भदौ २५
आजका तस्बिरहरू, भदौ २५
वीरेन्द्रनगर बजार र रत्न राजमार्गको आसपास क्षेत्र ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढीचोकबाट देखिएको वीरेन्द्रनगर बजार र रत्नराजमार्ग आसपासको क्षेत्र । तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिरहरू, भदौ २५
गुन्सा गाउँ ।  पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ५ मा रहेको गुन्सा गाउँ। तस्बिर: देवराज सुवेदी/रासस
आजका तस्बिरहरू, भदौ २५
खुवा घोट्दै ।  काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं २ स्थित पाट्ने खोला नजिकै खुवा उद्योगमा खुवा घोट्दै महिला। तस्बिरः पेमा लामा/रासस
आजका तस्बिरहरू, भदौ २५
सिरिजंगाको प्रतिमा ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—४ भिन्तुना डाँडामा राखिएको सिरिजंगाको प्रतिमा । सिरिजंगा किराँत लिम्बू साहित्यका एक साहित्यकार हुन् । उहाँको जन्म सन् १७०४ को डिसेम्बरमा ताप्लेजुङमा भएको हो। सिरिजंगाले चलाएको लिपिलाई नै सिरिजङ्गा लिपि भनिन्छ । जुन किरातहरुको आफ्नो लिपि हो । तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिरहरू, भदौ २५
फूलखेती ।  सुर्खेतको गुर्भाकोट नगरपालिका -१४ स्थित विशालचौकमा दशैँ तिहारलाई लक्षित गरी व्यावसायिक रुपमा गरिएको फूलखेती । यहाँ करिब २५ कठ्ठामा विभिन्न जातका फूलखेती गरिएको छ । तस्बिरः सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्