आजका तस्बिर- भदौ २८
आजका तस्बिर- भदौ २८
नेम्वाङलाई दिए छोराले दागबत्ती ।  नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेम्वाङलाई छोराहरू मिङ्सो र सुहाङले दागबत्ती दिएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ २८
एमाले संसदीय दल बैठक ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दल बैठकमा दिवंगत नेता सुवासचन्द्र नेम्वाङलाई सम्झिएका छन्। नेम्वाङलाई बिहीबार दिउँसो पशुपति आर्यघाटमा बिदाइ गरिएको र त्यसबखत आफूलाई निकै दु:ख लागेको ओलीको भनाइ छ। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- भदौ २८
एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई प्रधानमन्त्रीको विदाइ ।  चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी तथा व्यवस्थापकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदाइ गरेका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले खेलाडी तथा व्यवस्थापकलाई विदाइ गरेका हुन्। तस्बिर: प्रधानमन्त्री सचिवालय
आजका तस्बिर- भदौ २८
नेम्वाङको अन्तिम संस्कारमा सहभागी हुँदै जनसमुदाय ।  नेकपा (एमाले) का उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कारको दिन बिहीबार पशुपति आर्यघाटमा सहभागी हुँदै जनसमुदाय। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- भदौ २८
गोकर्णेश्वरमा भक्तजनको भीड ।  भाद्रकृष्ण औंशीका दिन आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा जलदान, सिदादान र पिण्डदान गर्न आएका भक्तजनको भीड। बुबा नहुनेहरूले यहाँ आएर आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा छ। तस्बिरः नवीनबाबु गुरूङ
प्रतिक्रिया दिनुहोस्