आजका तस्बिर- भदौ २९
आजका तस्बिर- भदौ २९
दसैंको जोहो! ।  हुम्लादेखि काठमाडौंमा हस्तकलाका सामग्री बेच्न आएका एक दम्पती। हुम्लामा हातले बुनेर ल्याएको केही सामान र काठमाडौंमै थपेका केही हस्तकलाका सामग्री बेचेर दशैं खर्च पु-याउने उनीहरूको चाहना छ। तस्बिर: नवीनबाबु गुरूङ /सेतोपाटी
आजका तस्बिर- भदौ २९
दसैं खर्चको जोहो ।  सुनसरीको रामधुनी नगरपालिकाको शिवनगरस्थित जलासयमा जुट सफा गर्दै किसान। यो समयमा जुट प्रशोधन गरेर बिक्री गरी नजिकिँदै गरेको दसैं खर्चको जोहो गर्न किसान व्यस्त छन्। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- भदौ २९
छोइला ताल ।  हुम्लाको नाम्खा गाउँपालिका–३ खगाल गाउँमा रहेको छोइला ताल। तस्बिर: दाने बोहरा/रासस
आजका तस्बिर- भदौ २९
झिलिमिली झोलुङ्गे पुल ।  लाइट जडानपछि झिलिमिली देखिएको बागलुङको बाङ्गेचौर र पर्वतको पाङ्ग जोड्ने नेपालकै लामो झोलुङ्गे पुल। पर्यटकलाई आकर्षित गर्न बागलुङ नगरपालिकाले लाइट जडान गरेको हो। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- भदौ २९
अल्लोको कपडा हेर्दै ग्राहक ।  दाङको घोराही उपमहानगरपालिका १४ नयाँ बजारस्थित प्रेम निशा अल्लो धागो कारखाना तथा तयारी पोशाक उद्योगमा अल्लोको कपडा हेर्दै ग्राहक। उद्योगमा अल्लोको धागो, कपडा तथा तयारी पोशाक बिक्रीका लागि राखिएका छन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्