आजका तस्बिरहरू, भदौ ३१
आजका तस्बिरहरू, भदौ ३१
डाक्टर कुर्दै बिरामी ।  ओपिडी सेवा बन्द गरेर चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि त्रिवि शिक्षण अस्पतालमा बिरामीहरू अलपत्र परेका छन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरहरू, भदौ ३१
आन्दोलनमा चिकित्सक ।  भदौ २७ गते हेटौंडास्थित सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको घटनाको विरोधमा ओपिडी सेवा बन्द गरेर चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरहरू, भदौ ३१
बन्द छ ओपिडी ।  ओपिडी सेवा बन्द भएपछि उपचार गर्न गएका बिरामीहरू त्यसै फर्किएका छन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरहरू, भदौ ३१
बिश्वकर्माको प्रतिमामा रङ्ग लगाउँदै कालीगढ ।  सप्तरीको राजविराजमा बिश्वकर्माको मूर्तिमा रङ्ग लगाउँदै कालिगढ। तस्बिर: अरूणकुमार यादव/रासस
आजका तस्बिरहरू, भदौ ३१
मूर्ति निर्माण ।  कैलालीको धनगढी उपमहानगरपालिका–५ स्थित जाइका रवीन्द्रबहादुर चन्द ढुङ्गाबाट शिव मूर्ति निर्माण गर्दै । लामो समयदेखि उनी‍ शिवलिङ्गलगायतका विभिन्न मूर्तिहरु निर्माण गर्दै आएका छन्। तस्बिरः मीन ठकुरी/रासस
आजका तस्बिरहरू, भदौ ३१
विस्फोटबारे अनुसन्धान ।  बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकैको पूर्व–पश्चिम राजमार्गमा गए राति भएको विष्फोटबाट क्षति पुगेको सडक अनुसन्धान तथा अवलोकन गर्दै सुरक्षाकर्मी । सडक भत्किएका कारण एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएका छन्। तस्बिरः भेषराज बस्नेत/रासस
आजका तस्बिरहरू, भदौ ३१
लखिनश्वरी झरना ।  शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जसँगै जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ३ र ४ को बीचमा रहेको लखिनश्वरी झरना । उक्त झरनाको मनोरञ्जन लिने पर्यटक शनिबार वा सार्वजनिक बिदाका दिन यहाँ आउने गर्छन्। तस्बिर: हरिराम भेटुवाल/रासस
प्रतिक्रिया दिनुहोस्