आजका तस्बिर- असोज २
आजका तस्बिर- असोज २
द्रुत लेनका लागि रेड मार्क गरिँदै ।  भोलिदेखि ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क पुग्ने बस चलाउनका लागि रेड मार्क गरिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी ।
आजका तस्बिर- असोज २
तुम्लिङटार सब-स्टेसन ।  संखुवासभाको खाँदबारीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेर सञ्चालनमा आएको २२० केभी क्षमताको तुम्लिङटार सब-स्टेसन। यो सब-स्टेसन सञ्चालनमा आएपछि संखुवासभा र भोजपुर जिल्लामा विद्युत आपूर्तिमा सहज हुनुका साथै बेलाबेलामा विद्युत अवरूद्ध हुने समस्या हटेको छ। तस्बिर: सुजन बज्राचार्य/रासस
आजका तस्बिर- असोज २
बागलुङ बजारको दृश्य ।  बागलुङ नगरपालिका–६ भिरलाखुरी भ्यूपोइन्टबाट देखिएको बागलुङ बजारको दृश्य। पछिल्लो समय बागलुङ बजारबाट दृश्यावलोकनका लागि भिरलाखुरी पुग्ने आन्तरिक पर्यटकहरू बढेका छन्। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर- असोज २
प्रदेश राजधानी भएसँगै बस्ती विकास हुँदै ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ जर्बुटाबाट देखिएको वीरेन्द्रनगर भ्याली। प्रदेश राजधानी भएसँगै यहाँ तीव्र रूपमा बस्ती विकास भइरहेको छ। तस्वीर: सुरेश आचार्य/रासस
आजका तस्बिर- असोज २
चर्दै गरेका चौँरीगाई ।  दोलखाको शैलुङ गाउँपालिकास्थित शैलुङको थुम्कामा चर्दै गरेका चौँरीगाई। तस्बिर: गोकर्णप्रसाद भण्डारी/रासस
प्रतिक्रिया दिनुहोस्