आजका तस्बिर- असोज ३
आजका तस्बिर- असोज ३
टुँडिखेलमा मनाइयो संविधान दिवस ।  संविधान दिवस भव्यताका साथ मनाइएको छ। आज बिहान टुँडिखेलमा भव्य समारोह गरी सरकारले संविधान दिवस मनाएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज ३
शिक्षा विधेयकविरूद्ध सडकमा उर्लिए देशभरका शिक्षकहरू ।  नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर सडक आन्दोलन गरेको छ। बुधबार देशभरिका विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- असोज ३
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरमा धकेलाधकेल ।  शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरमा धकेलाधकेल भएको छ। मार्च पास गर्दै शिक्षकहरू त्यहाँ भन्दा अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्ने क्रममा धकेलाधकेल भएको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- असोज ३
संविधान दिवस ।  संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा बुधबार आयोजित समारोहमा सहभागी उपराष्ट्रपति राम सहायप्रसाद यादव लगायत। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- असोज ३
आलु खेती ।  मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले सामूहिक रूपमा गरेको आलु खन्दै लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले १३० रोपनी बाझो जग्गामा सामूहिक आलु खेती गरेर आम्दानी लिन थालेका छन्। तस्बिर: सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्