आजका तस्बिर- असोज ४
आजका तस्बिर- असोज ४
बानेश्वरमा शिक्षक-प्रहरीबीच धकेलाधकेल ।  काठमाडौंको बानेश्वरमा प्रदर्शनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ। बिहीबार दिउँसो माइतीघरदेखि बानेश्वरसम्म र्‍याली गरी प्रदर्शन गरेका शिक्षकहरूले प्रहरीले लगाएको ब्यारिकेड तोड्ने प्रयास गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज ४
विद्यालय बन्द गरेर दोस्रो दिन पनि सडकमा उत्रिए शिक्षकहरू ।  नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर दोस्रो दिन पनि सडक आन्दोलन गरेको छ। बिहीबार देशभरिका सामुदायिक विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो। शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरू गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज ४
औल गाउँ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औल गाउँ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- असोज ४
च्याब्रुङ प्रस्तुत गर्दै लिम्बू युवा ।  झापाको कमल गाउँपालिका–३ का लिम्बू युवा सांस्कृतिक नृत्य केलाङ (च्याब्रुङ) प्रस्तुत गर्दै। तस्बिरः यज्ञराज आङदेम्बे/रासस
आजका तस्बिर- असोज ४
जर्बुटाबाट देखिएको सुर्खेत विमानस्थल ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ जर्बुटाबाट देखिएको सुर्खेत विमानस्थलको धावन मार्ग र आसपास क्षेत्र। तस्बिरः सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्