आजका तस्बिर- असोज ५
आजका तस्बिर- असोज ५
शिक्षकहरूको आन्दोलनको तेस्रो दिन ।  शिक्षा विधेयकविरूद्ध आज पनि शिक्षकहरूले आन्दोलन गरेका छन्। उनीहरूले आज पनि काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म आन्दोलन गरिरहेका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज ५
आन्दोलनमा शिक्षकहरूको नाचगान ।  शिक्षा विधेयकविरूद्ध आन्दोलन गरेर बानेश्वर पुगेका कोही शिक्षकहरू नाचगानमा व्यस्त छन्। समूह-समूह बनाएर शिक्षकहरू नाच्दै गाउँदै गरिरहेका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज ५
भक्तपुर दरबार स्क्वायर अवलोकन गर्दै पर्यटक ।  भक्तपुर दरबार स्क्वायरको फसी देग(शिलु महादेव मन्दिर) को बारेमा जानकारी लिँदै विदेशी पर्यटक। गत वर्षको तुलनामा यस वर्ष भक्तपुर घुम्न आउने विदेशी पर्यटक तेब्बर सङ्ख्याले वृद्धि भएको छ। तस्बिरः लक्ष्मी गारु/रासस
आजका तस्बिर- असोज ५
अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट ।  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट बाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अमेरिकाको न्यूयोर्कमा शुक्रबार भएको भेटवार्ता। तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
आजका तस्बिर- असोज ५
कश्यप ताल ।  पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटमा रहेका कश्यप ताल । झण्डै ६ हजार वर्षअघि कश्यप ऋषिले यहीँको पानीले स्नान गरी तपस्या गर्ने गरेको किंवदन्ती छ। तस्बिरः धनबहादुर गुरूङ/रासस
आजका तस्बिर- असोज ५
विदेशी पर्यटक सामान किन्दै ।  राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलस्थित सातघुम्तीमा विदेशी पर्यटक सामान किन्दै। नेपालमा पर्यटकीय सिजन सुरू भएसँगै ठमेलमा पर्यटकको चहलपहल बढ्दै गएको छ। तस्बिर: अच्युत रेग्मी/रासस
प्रतिक्रिया दिनुहोस्