आजका तस्बिरः कात्तिक ११
आजका तस्बिरः कात्तिक ११
डुंगा सयर गर्दै पर्यटक ।  चितवन राष्ट्रिय निकुन्ज घुमेर पर्यटकहरू डुंगा सयर गर्दै राप्ती नदी तरेर सौराहातर्फ आउँदै। तस्बिरः कृष्ण आचार्य/रासस
आजका तस्बिरः कात्तिक ११
भट्टीमा अलैंची सुकाउँदै ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ मादिबुङस्थित बगानको भट्टीमा अलैंची सुकाउँदै। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिरः कात्तिक ११
तारकेश्वरको झन्डा पार्कबाट देखिएको काठमाडौं उपत्यका   ।  तारकेश्वर नगरपालिका-२ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झन्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झन्डा। पछिल्लो समय उक्त स्थानमा काठमाडौं उपत्यकाको दृश्यावलोक तथा झन्डा हेर्न आउने पर्यटकको संख्या बढ्दो छ। तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिरः कात्तिक ११
मखान र मिस्री बेच्दै ।  महोत्तरी, जलेश्वर नगरपालिका-२ महेन्द्र चोकमा शनिबार मखान र मिस्री बेच्दै व्यापारी। कोजाग्रत पूर्णिमाका दिन महोत्तरी लगायत मधेसका जिल्लामा मखान र मिस्री खाने चलन छ। तस्बिरः सञ्जीतकुमार मण्डल/रासस
प्रतिक्रिया दिनुहोस्