आजका तस्बिरः कात्तिक १२
आजका तस्बिरः कात्तिक १२
नेपाल आए राष्ट्रसंघका महासचिव ।  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस चार दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन्।तस्बिरः किरणराज विष्ट/रासस
आजका तस्बिरः कात्तिक १२
चन्द्रग्रहण ।  आइतबार राति कीर्तिपुरबाट देखिएको चन्द्रग्रहण। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरः कात्तिक १२
फूलखेती ।  काठमाडौँको नागार्जुन नगरपालिका–६ स्थित इचङगुमा किसानले गरेको व्यवसायिक फूलखेतीमा ढकमक्क फुलेको फूल। तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिरः कात्तिक १२
लाटोकोसेरो ।  शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका स्थानीयको घरभित्र पसेको कोचलगाँडे लाटोकोसेरोको बच्चा। यो प्रजातीको लाटोकोसेरो तराई, पहाडी क्षेत्रमा पाइन्छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिरः कात्तिक १२
जुम्लाको मोफ्ला गाउँ ।  जुम्लाको हिमा गाउँपालिका-३ स्थित मोफ्ला गाउँ। उक्त गाउँमा परम्परागत शैलीमा बनेका घरहरू छन्। तस्बिरः विजय रावत/रासस
आजका तस्बिरः कात्तिक १२
नवनिर्मित मोरङ्गाखोलाको पुल ।  बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुरस्थित मोरङ्गाखोलामा नवनिर्मित पुल। उक्त पुल निर्माण भएपछि आवागमनमा सहज भएको छ । तस्बिरः भेषराज बस्नेत/रासस
प्रतिक्रिया दिनुहोस्